महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउन कुचो बनाउने तालिम

महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउन कुचो बनाउने तालिम

 

उर्लाबारी, २५ असार÷महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउने र महिला सशक्तिकरणमा सहयोग पु¥याउने उद्देश्यले मोरङको दुई छुट्टाछुट्टै स्थानमा कुचो बनाउने तालिम सम्पन्न गरिएको छ ।
मोरङको टाँडी र सिँहदेवीमा दुई–दुई दिने कुचो बनाउने तालिम सम्पन्न भएको हो ।
जिल्ला विकास समिति मोरङको सहयोगमा तथा नारी जागरण केन्द्र उर्लाबारीको आयोजनामा तालिम सम्पन्न भएको हो । टाँडीमा सञ्चालित तालिममा ३५ र सिँहदेवीमा सञ्चालित तालिममा २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको केन्द्रकी अध्यक्ष शोभा चेम्जोङ पालुङ्वाले जानकारी दिनुभयो ।
तालिममा चन्द्रा आचार्य, मीरा निरौला र गीता खतिवडाले सहजीकरण गरेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्