बचाउन सकिएन मोतीप्रसादलाई

बचाउन सकिएन मोतीप्रसादलाई

उर्लाबारी, क्यान्सरबाट पीडित मोरङ राजघाट ७ भोटेपुलका मोतीप्रसाद खतिवडाको दुखद् निधन भएको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालबाट उपचार सम्भव नभएपछि फर्काइएका मोतिप्रसादको शुक्रबार विहान ९ः४५ मा आफ्नै घरमा दुखद् निधन भएको हो । क्यान्सरको उपचारका लागि मोतिप्रसादलाई मोरङका विभिन्न अस्पताल हुँदै चितवनको भरतपुरस्थित विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा पुर्याइएको थियो । गत महिना उनको स्वास्थ्य परीक्षणका क्रममा क्यान्सर भएको पुष्टी भएपछि डाक्टरको सल्लाहअनुसार चितवन लगिएको स्थानीय पत्रकार तेजन खड्काले बताउनु भयो ।

आर्थिक अवस्थाले उपचार सम्भव नभएपछि मोतिप्रसादलाई उर्लाबारी पेज अनलाईन मिडियाले पहिलोपटक प्रकाशन र प्रशारणमा ल्याएपछि उनको उपचारको ढोका खुलेको थियो । बिराटनगरको अनलाईन पत्रीका आवर बिराटनगर डट नेट ले पनि लगातार सहयोगको लागी समाचार सम्प्रेसन गरेको थियो । मोतिप्रसादको उपचारका लागि वैदेशिक रोजगारीमा समुन्द्रपारी पुगेका शुभचिन्तकहरुले समाचार पढेर आर्थिक सहयोग जुटाएको पत्रकार खड्काले जानकारी दिनुभयो ।

बाँच्ने चाहना र रहर बोकेका मोतिप्रसादलाई मंगलबार राजघाटस्थित नैनसिंह खड्का एम्बुलेन्सको सहयोगमा पत्रकार खड्कासहित छोरा रमेश खतिवडा, रञ्जना बुढाथोकी र नरबहादुर खड्काले चितवन लानुभएको थियो । उपचारका लागि चितवन लैजादा मोतिप्रसादलाई बाँच्ने आश जागेको थियो । उनले आफैं पनि म बाच्छु भन्दै चितवन लैजान लाग्रह गरेका थिए । चितवन जाँदा केही खुशी देखिएका मोतिप्रसादले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका थिए । चितवन पुर्याएसँगै व्यवहारमा केही परिवर्तन देखिएको उनमा शरीरमा फैलिएको क्यान्सरले उपचार सम्भव नहुने चिकित्सकले बताएपछि बिहीबारमात्र घर फर्काइएको थियो ।

उता मोतिप्रसादको उपचारका लागि आफ्नो पसिनाको कमाई पठाउनु भएका सबै शुभचिन्तकलाई मोतिप्रसाद बचाऊ अभियान समूहले धन्यवाद दिएको छ । अभियानका अभियन्ता पत्रकार खड्काले मोतिप्रसादको जीवन बचाउने प्रयास गर्दा पनि सफल हुन नसकेकोमा आफूलाई दुःखी बनाएको बताउनु भयो । उनको स्थानीय मावा खोलामा अन्त्येष्टि गरिएको छोरा रमेशले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्