सुनसरीमा मासु पसलहरुको अनुगमन

<span class='c1'>सुनसरीमा मासु</span> <span class='c2'>पसलहरुको अनुगमन</span>

इनरुवा, २७ असार : सुनसरीको झुम्कामा सञ्चालित मासु पसलहरुको आइतबार अनुगमन गरिएको छ । मानवीय स्वास्थमा प्रतिकूल असर पु¥याउने किसिमले मासु बिक्री हुने गरेको गुनासो आएपछि पूर्वेली कुखुरा उत्पादक व्यवसायी संघको अगुवाइमा प्राविधिक, प्रहरी र उपभोक्ता अधिकारवादीहरुले संयुक्त टोलीले मासु पसलहरुको अनुगमन गरेको हो । अनुगमनमा क्रममा झुम्काका पसलहरुले स्वास्थलाई हानी पु¥याउने किसिमले मासुको बिक्री गर्ने गरेको पाइएको छ । अनुगमनका क्रममा मासु काट्ने ठाउँको वरपर ढल थुपारिएको, खुला रुपमा नछोपी मासु राख्दा धुलो र झिँगा भन्किएको तथा पशुको स्वास्थ्य जाँच गर्ने परम्परा नै नरहेको पाइएको छ । अनुगमन टोलीले सबै पसलहरुलाई चाँडै व्यवस्थित गर्न निर्देशन दिएको छ । पशु वधशाला र मासु जाँच ऐन बनेको १७ वर्ष भइसक्दा पनि कार्यान्वयनमा आउन नसक्दा उपभोक्ता अस्वस्थकर मासु खान बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्