लिम्बुवान प्रदेश हुनुपर्छ : गजुरेल

<span class='c1'>लिम्बुवान प्रदेश हुनुपर्छ</span> <span class='c2'>: गजुरेल</span>

 

प्रयास लिम्बू ।
ताप्लेजुङ,२७ असार । एकीकृत नेकपा माओवादी कोषाध्यक्ष हरिबोल गजुरेल ‘शितलकुमार’ ले नयाँ नेपालको आठ प्रदेशमध्ये लिम्बुवान एउटा प्रदेश बनाउनुपर्ने बताएका छन् । लिम्बुवानको आफ्नै इतिहास तथा पृथक पहिचान भएका कारण लिम्बुवान प्रदेश अनिवार्य बनाउनुपर्ने गजुरेलले बताएका हुन् ।
सदरमुकाम फुङ्लिङमा आइतबार क्रान्तिकारी पत्रकार संघ ताप्लेजुङद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता गजुरेलले २००७ साल देखिका अधुरो सपना अब मात्र पूरा हुन लागेको बताउँदै प्रदेशको नाम लिम्बुवान रहने र भूगोल कस्तो रहने वा सिमाङ्कनका बारेमा अन्य दलहरुसँग छलफल भइरहेको उनले जानकारी दिए । उनले साउन महिनाभित्र देशले नयाँ संविधान पाउने पनि दावी गरे ।
आफूहरु पहिलो संविधानसभामा ठूलो दल हुँदासमेत संविधान नल्याएर कमजोरी गरेको उनले स्वीकार गर्दै पुनः पनि दलहरु बीचको खिचातानीले संविधान निर्माणप्रति जनतामा आशङ्का बढ्दै गएकाले नयाँ संविधान निर्माणका लागि एमाओवादीको पहलमा १६ बुँदे सहमति सम्भव भएको बताए । देशलाई ठूलो दुर्घटना हुनबाट बचाउन १६ बुँदे सहमतिले मद्दत पु¥याएको बताउँदै नेता गजुरेलले नयाँ संविधानको मस्यौदासमेत आइसकेकाले मस्यौदा माथि छलफल र राय दिने तथा लिने समय भएको बताए । अब छिट्टै सभासद तथा कर्मचारीको टोली संविधानको मस्यौदा लिएर गाउँ आउने भएकाले उनीहरु आउँदा बृहत छलफल गरी राय सुझाव दिनसमेत ताप्लेजुङबासीलाई उनले अनुरोध गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्