धरानमा शृंखलाबद्ध लुटपाट गर्ने युवाहरु पक्राउ

<span class='c1'>धरानमा शृंखलाबद्ध लुटपाट</span> <span class='c2'>गर्ने युवाहरु पक्राउ</span>

धरान, २७ असार : इलाका प्रहरी कार्यालय धरानले शृंखलाबद्ध लुटपाट गर्ने लुटेरासहित लागूपदार्थको कारोबारी र समाजमा आतंक मच्चाउने युवाहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । प्रहरीले धरान–१७ का २५ वर्षीय योगेन बर्देवालाई ३ थान सुनको सिक्रीसहित लुटपाटका क्रममा प्रयोग गरिएको को १२ प ५५५७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरी सार्वजनिक गरेको छ । बर्देवा शृंखलाबद्ध लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले धारिलो हतियार बोकेर धरान–२७ विष्णुपादुकास्थित धारापानीमा आतंक मच्चाउने ७ जना युवाहरुलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा धरान–२२ का भीम विक, सन्तोष तामाङ, सुरज विक, महेश परियार, ललित परियार, रमेश परियार र राज परियार छन् । उनीहरुलाई २ थान तरबारसहित विष्णुपादुकाबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीले धरान–१६ का २७ वर्षीय भेषणकुमार राईलाई पनि लागूऔषधसहित पक्राउ गरी सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्