लामा पढाइदिने भन्दै भारत पुर्याउन लागिएका बालकहरुको उद्धार

<span class='c1'>लामा पढाइदिने भन्दै भारत</span> <span class='c2'>पुर्याउन लागिएका बालकहरुको उद्धार</span>

विराटनगर, २८ असार :

प्रहरीले इटहरीबाट आइतबार अपरान्ह १४ जना बालकको उद्धार गरेको छ । भारतको देहरादुन लगेर लामा पढाइदिने भन्दै इटहरीबाट जोगबनीको बाटो प्रयोग गरेर भारततर्फ लैजान लागेको अवस्थामा बालकहरुलाई उद्धार गरिएको इटहरी प्रहरीले जनाएको छ । एउटै बसमा राखेर बालकहरुलाई इटहरीको बाटो प्रयोग गरेर भारत लैजान लागेको अवस्थामा प्रहरीले शंका लागि सोधपुछ गर्दा सो कुरा खुलेको प्रहरी स्रोतले जनाएको छ । बालकहरुलाई भारततर्फ लैजान लागेका ४ जना लामा गुरुहरुलाई समेत प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । उद्धार गरिएका बालहरुमा रौतहट हिलेखोलाका १२ वर्षीय कान्छामान थिङ, रौतहट, कटानी रामपुर–५ का ८ वर्षीय छुल्तेन थिङ, सोही ठाउँका ६ वर्षीय बिक्की गुरुङ, ९ वर्षीय नेमर जिमाल, १४ वर्षीय विनोद मम्जन, १५ वर्षीय लाक्पा दोर्जे थिङ छन् । यस्तै १३ वर्षीय शंकरबहादुर थिङ, बाराको निजगढका १२ वर्षीय युवराज गुरुङ, १४ वर्षीय छेसाङ दोर्जे मोक्तान, १० वर्षीय दिलबहादुर धलान, १२ वर्षीय पुष्कल थोकर, १४ वर्षीय विशाल थोकर, लक्ष्मीपुरका १४ वर्षीय निम्मा लामा, १४ वर्षीय श्यामलाल थिङ रहेका छन् । उद्धार गरिएका बालकहरुलाई विराटनगरस्थित बाल हेल्पलाइनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्