बिरुवा रोप्ने अभियान

<span class='c1'>बिरुवा रोप्ने</span> <span class='c2'>अभियान</span>

मोरङ, २८ असार ।  मावा र रतुवा खोलाबाट हुने कटान रोक्न बिरुवा रोप्ने अभियान प्रभावकारी बन्दै गएको छ ।

हरेक वर्ष सो खोलामा आउने बाढीले मोरङका सयौं बिगाह खेतीयोग्य जमिन डुबान र कटान गर्न थालेपछि स्थानीयले बिरुवा रोप्ने अभियान चलाएका थिए ।

बिरुवा रोप्ने अभियानकर्ता मोरङ ईटहराका मुक्तिनाथ बरालका अनुसार करिब २० वर्ष अघिदेखि थालिएको यो अभियानका क्रममा मावा र रतुवा खोलाको किनारमा सात वटा जङ्गल विकसित भइसकेका छन् ।

खोलामा आएको बाढीले मधुमल्लादेखि दक्षिणी भारतीय सीमावर्ती गाविससम्म करिब २५ हजार खेतीयोग्य जमिन डुबान, कटान, गरेका बगरमा डेढ करोड वृक्षरोपण गरिएको थियो । बरालका अनुसार मोरङको धमुमल्लादेखि उर्लाबारी, राजघाट ईटहरासम्म ३२ किलोमिटर खोलाको किनार र आसपासका क्षेत्रमा वृक्षरोपण गरिएको छ ।

बरालका अनुसार यो वर्ष ईटहरा क्षेत्रमा ८० हजार बिरुवा रोप्ने योजना रहेको छ । मावा र रतुवालेमात्र ईटहरा क्षेत्रमा करिब १५० खेतीयोग्य जमिन बिगारेको स्थानीयवासीको भनाइ छ । उनले बगरमा परिणत भएको जमिनमा रुख बिरुवा लगाएर आम्दानी गर्न सकिने बताए ।

त्यतिमात्र होइन झुर्किया, महादेवा, सिजुवालगायतका विभिन्न खोलाको किनारमा बिरुवा रोप्ने योजना रहेको बरालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्