हिन्दुराष्ट्र नेपालको समर्थन जुटाउन सुनसरीका विभिन्न स्थानमा कार्यक्रम

हिन्दुराष्ट्र नेपालको समर्थन जुटाउन सुनसरीका विभिन्न स्थानमा कार्यक्रम

 बिराटनगर असार २९

सनातन हिन्दुराष्ट्र नेपाल जागरण अभियान मोरङले हिन्दुराष्ट्र नेपालको समर्थन जुटाउन सुनसरीका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेको छ । सुनसरीको दुहवी र सोनापुरमा जागरण अभियानले छुट्टछुट्टै कार्यक्रमको आयोजना गरेको छ । श्रावण दुईगते हिन्दुराष्ट्रको समर्थनमा विराटनगरमा हुनलागीरहेको वृहत आभसभामा सहभागीको संख्या वढाउने उदेश्यले कार्यक्रमहरु शसक्त वनाउदै लगीएको आयोजक समितिले जनाएको छ । हिन्दु जागरण अभियान अन्तरगत दुहवीमा अनन्त चौधरीको अध्यक्षतामा २१ सदस्यीय समिति र सोनापुरमा प्रपन्न दाहालको संयोजकत्वमा ३१ सदस्यिय संघर्ष समिति गठन गरिएको आयोजक समितिका सदस्य श्याम पौडेलले जानकारी दिनु भयो । कार्यक्रममा सनातन हिन्दुराष्ट्र अभियानका संयोजक तिलक रिजाल,समाजसेवी किशोर अटल र रतन चौधरी लगाएतका वक्ताहरुले हिन्दुराष्ट्र अभियानमा जुट्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्