सामूहिक बलात्कार गरेको आरोपमा १२ वर्षको कैद सजाय

<span class='c1'>सामूहिक बलात्कार गरेको आरोपमा</span> <span class='c2'>१२ वर्षको कैद सजाय</span>

 बिराटनगर असार ३०

विवाहित महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका खोटाङका दुई व्यक्तिलाई जिल्ला अदालत खोटाङले १२ वर्षको कैद सजाय सुनाएको छ ।
स्थानीय २५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपामा पक्राउ परेका सुङ्देल(३ का ४० वर्षीय डिल्लीसेर राई र ३० वर्षीय राजन राईलाई अदालतले यस्तो फैसला सुनाएको हो । घरमा सुतिरहेकी महिलालाई कोही नभएको मौकापारी गत २०७१ साल पुस १३ गते राति ११ बजे ढोका फोरेर करेसा बारीमा लगी दुवै जनाले पालैपालो बलात्कार गरेको पीडित महिलाले दिएको उजुरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनाले मातेको सुरमा आफूहरुले गल्ती गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले जनाए । बलात्कृत भएपछि पीडित महिलाले इलाका प्रहरी कार्यालय बाक्सिलामा दिएको उजुरीको आधारमा उनीहरुलाई पुस १८ गते काठ काट्दै गरेको अवस्थामा जङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्