बिराटनगर असार ३०
६ तले घरबाट खसेर एक बालकको मृत्यु भएको छ । मेचीनगर १० काँकडभिट्टास्थित कोशी होटलमा डेरा गरी बस्ने विजय खत्रीका १३ महिनाका छोरा एन्जलको विहान ९ बजे ६ छतबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । छतमा खेलिरहेका बालक अचानक खसेका थिए । उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।