ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु

झापा, आषाढ ३०

झापाको तोपगाछी ७ पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवकको  मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको ट्रकले ठक्कर दिंदा मे .६ प ५३४१ नं. को स्कुटर पछाडी सवार शिव-सतासी नगरपालिका ७ का २८ वर्षिय जीवन श्रेष्ठको मृत्यु भएको हो। ना. ५ ख ८६८२ नं.को ट्रकको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारकालागी बिर्ता सिटी अस्पताल लैजानेक्रममा दिउँसो १२:३० बजे मृत्यु भएको हो।

ट्रक तथा चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्