हात्तीको आक्रमणबाट बस्तु चराउन गएकी एक बालिकाको मृत्यु

हात्तीको आक्रमणबाट बस्तु चराउन गएकी एक बालिकाको मृत्यु

बिराटनगर, आषाढ ३०

सुनसरी र सप्तरीको विचमा पर्ने कोशीटप्पु क्षेत्रमा चरणकालागी गएकी एक बालिकाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

सप्त-कोशी नगरपालिका १० बस्ने सत्य नारायण यादवको १३ वर्षिया छोरी संगिता कुमारी यादवको भैसी लिएर चरनकालागी कोशी टप्पु क्षेत्र जानेक्रममा हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो। मंगलबार बिहान घरबाट चरनकालागी हिडेकी उनी सांझसम्म घर फर्कि नआएपछि खोजतलाश गर्दै जाँदा आज बिहान उनको शव जंगल क्षेत्रमा फेला परेको थियो।

घटनास्थल प्रकृती हेर्दा उनलाई जंगली हात्तीले आक्रमण गरी मारेको हुन सक्ने इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्