समकालिन पुस्ता र शाव्दिक अश्लिलता (लेख)

समकालिन पुस्ता र शाव्दिक अश्लिलता (लेख)

- सुरज सुबेदी

दृश्य १: महेन्द्र मोरङ क्याम्पसमा क्रिकेट खेल्दै गरेको एक हुल । सवैको उमेर अन्दाजी १८ वर्ष । खेल्दाखेल्दै एउटाले वल विगार्यो । क्याप्टेन जस्तो सुनिने अर्कोले उसलाई निकैवेर गालि गर्यो । उसले गरेको गालिमा आधाजसो अश्लील शव्दहरू थिए ।

दृश्य २: विद्यालयवाट फर्कदै गरेको एक हुल विद्यार्थी । स्कुलको ड्रेस लगाएका । उनिहरू ठुलोठुलो स्वरमा हल्ला गर्दै हिडिरहेका थिए । वाटोमा हिड्ने सवैलाई सकेसम्म जिस्काउदै । उनिहरूको वोलिमा पनि वारम्वार छाडा शव्द दोहोरिरहेको थियो ।

दृश्य ३ - हिसान स्पोर्टस अन्तर्गत फुटवलको फाईनल हेर्न शहिद मैदानमा खचाखच दर्शक को भिड थियो । खेल सुरू हुदैगर्दा ४ जनाको सङ्ख्यामा आएका केटाहरू त्यहि भिँडमा मिसिए । अश्लील शव्दहरू उनिहरू सामान्य वार्तालापमै वोलिरहेका थिए । ठुलोठुलो स्वरमा । पछि कुनै केटि आएको देखे पनि तथा खेलाडिले वल विगार्दा पनि ठुल्ठुलो स्वरमा अश्लील शव्द वोल्न थालेपछि उनिहरू सामुहिक वहिष्कारको शिकार भए । वरिपरिका सवैले एकैस्वरमा गालि गरेर पुलिसको जिम्मा लगाए ।

दृश्य ४, पारिवारिक जमघकको वेला कोठामा वालकको प्रवेश। भर्खर स्कुलवाट आएको । उसले कतिपनि ढिलो नगरि आफ्नो साथिले यसो भन्यो भनेर सवैलाई सुनायो । माहोल अचानक सून्य वन्यो कारण उसले वोलेका शव्दहरू अश्लिल थिए ।

माथि उल्लेखित घटनाहरू अहिलेको आधुनिक भनिएको समाजमा हुने अति थोरै प्रतिनिधि घटनाहरू हुन् । घर, स्कुल, क्याम्पस, वाटो, वजार, पार्क, कन्सर्ट , आन्दोलन, वन्द, महोत्सव, सार्वजनिक यातायात तथा अन्य विविध क्षेत्रहरूमा नया पुस्ताको मुखवाट यस्तो अश्लील वोलि सुनिईरहेको हुन्छ । वोल्नेलाई भन्दा सुन्नेलाई लाज हुने यस्तो विकृतिको तत्काल विरोध गर्दा झनै वेईजेत हुने संभावना हुने भएकाले यसलाई प्रायजसो अग्रजहरू सवैले सुन्ने र उडाउने गर्दछन् । स्वभाविक पनि हो । तर यसले समग्र मानशिक सोचाई तथा सामाजिक सौन्दर्यलाई पार्ने प्रभावलाई हेर्ने हो भने अव यो केवल सुनेर उडाउने मात्र विषयभन्दा अलिक वढि नै संवेदनशिल विषय वन्दै गईरहेको छ । विभिन्न प्रभावहरूको कारण दिनप्रतिदिन मोटाउदै गएको यस्तो विकृतिले तत्काल सामान्य असरमात्र पारेको देखिएपनि आदर र सँस्कारले हालसम्म विशिष्ठ ठहरिएको समग्र पुर्वीय सँस्कृतिलाई धमिलो पार्नसक्ने खतरा छ ।

यो विषय मनोवैज्ञानिक पक्षसँग प्रत्यक्ष सम्वन्धित विषय हो । त्यसकारण धेरै मनोविज्ञहरू तथा त्यस क्षेत्रमा काम गरिरहेका संस्थाहरूले यो विषयमा गहिरो अध्ययन गरेका छन् । मानव मनोविज्ञानलाई दविएको ईच्छा र आकाङ्क्षासँग तुलना गर्दै त्यसको परिपुर्तिको लागी मानवले देखाउने व्यवहारको शुक्ष्म अध्ययन गरेका मनोवैजानिक सिद्दान्तका जन्मदाता सिगमन्ड फ्रायड् का अनुसार अश्लिल शव्द वोलिनु दविएको यौनिक ईच्छालाई शान्त पार्न गरिएको प्रयास हो । उनका अनुसार त्यस्ता दविएका ईच्छाहरूलाई समाजमा विस्फोट हुन नदिन मानव दिमागले
स्वाचालित रूपमा यसको सिर्जना गर्छ र त्यसले केहि हदसम्म उसको मानशिक तनाव कम गर्छ । तर फ्रायडको यो तथ्यलाई व्रिस्टोल युनिभर्सिटीका दुईजना प्रोफेसर जेफ्रेई वोअर्स र क्रिस्टोफर प्लिडेल (Bristol University, prf. Jeffrey Bowers and Christopher Pleydell) ले गलत भन्दै अश्लिल शव्दहरू वोल्दा दिमागलाई मानशिक तनाववाट मुक्ति मिल्नुको साटो झनै मानशिक तनाव थपिने तथ्य अगाडि सारेका छन् । उनिहरूले अश्लिल शव्द वोल्ने र नवोल्ने विद्यार्थीविच पटकपटक गरेको छुट्टाछुट्टै अध्ययन अनुसार वोल्ने विद्यार्थी हरू मानशिक तनावमा वढि पर्ने तथा उनिहरूको स्मरणशक्ति कम हुने देखिएको छ ।

CWIN ले The Children Narway र UNICEF सँग मिलेर गरेको एक सर्वेक्षण अनुसार नेपाल वाल अश्लिलताको उच्च जोखिममा छ । पछिल्लो समयमा आएको मोवाईल फोन तथा ईन्टरनेटको सरल पँहुचको कारण तथा यौनजन्य सामाग्रीमाथिको कमजोर निगरानिका कारण नेपालका अधिकांश वालवालिकाहरू अश्लिलतातर्फ अग्रसर हुदै गएको र त्यसको वृद्धिदर वढ्दो क्रममा रहेको उक्त सर्वेक्षणले देखाएको छ । यसको मतलव अवको ५ वर्षमा माथि दृश्य ४ मा उल्लेखित भएजस्ता घटनाहरू सामान्य हुनसक्ने संभावना धेरै छ ।

Association of psychological science का एकजना स्तम्भकार Timothy Joy ले सन् २००९ मा पश्चिमा समाजमा वोलिने अश्लिल शव्दहरूवारे गरेको एक अध्ययनले अनौठो तथ्य वाहिर ल्याएको छ । उनका अनुसार त्यहाँका मानिसहरू वोलिचालिको भाषामा ०.३ देखि ०.७ प्रतिशत सम्म अश्लिल शव्द वोल्छन् जवकि उनिहरूले प्रयोग गर्ने पर्सनल प्रोनाउन (personal pronoun) को प्रतिशत केवल १ मात्र छ । हरेक पश्चिमा सँस्कृतिको नक्कल गर्ने वानी हुदै गएको नेपाली समाजलाई अहिले सुन्दा ठुलो लाग्ने कुरा हो यो । तर अहिले भईरहेजस्तो अन्धधुन्ध नक्कललाई न्युनिकरण नगर्ने हो भने भोलि नेपाली समाजमा पनि त्यस्ता तथ्य सामान्य हुनसक्नेछन् ।

अहिलेको समाज तिव्र विश्वव्यापकता तर्फ अग्रसर हुदै गरेको समाज हो । पहिलेको तुलनामा अहिले धेरै कुराहरू फरक छन् । व्याक्तिगत स्वतन्त्रताको सवालमा सवैजना सजक हुन थालेकाले पहिलाभन्दा समाजपनि विस्तारै खुल्दै गएको छ । प्राविधिक रूपमा समृद्द हुदै गएकाले विश्वव्यापि रूपमा एक अर्काको सँस्कृतिसँग प्रभावित हुने तथा घुलमिल हुने क्रम पनि वढ्दैछ । यस्तो परसँस्कृतिग्रहण सामान्यनै हो । जुन सँस्कृतिलाई टिकाईराख्न सकिन्न त्यसलाई परिमार्जन गर्न सकिन्छ । तर आफ्नो राम्रो सँस्कृति र परम्परालाई विट मारेर अन्धाधुन्ध अर्को सँस्कृतिको अनुसरण गर्दै जाँदा राम्रो कुरासँगै नराम्रो कुरा पनि मिसिएर आउछ । अहिले अश्लिलताको सवालमा यस्तै भईरहेको छ ।

अहिले नेपालमा विभिन्न कारणहरूले अश्लिलता वढ्दै गएको छ । मानशिक, सामाजिक तथा केहि हदसम्म साँस्कृतिक कारणहरूले यसमा प्रत्यक्ष प्रभाव पारिरहेका छन् । फ्रायडले भनेजस्तै मानशिक कारण यहा पनि लागु हुन्छ । साथै साथिहरूको संगत पाउन, अरूको छेउमा आफ्नो प्रभाव देखाउन तथा केहिले रमाईलोको रूपमा जानी नजानी अश्लिल शव्दहरू वोलिरहेका पाईन्छन् । कतिपय जातीय समुदायहरूमा त यसलाई पारिवारिक रूपमै स्विकारोक्ती दिएको पनि पाईन्छ ।
वालवालिकाको अगाडिनै पनि उनिहरू वोल्न नहिचकिचाउने कारणले ती समुदायहरूको जगनै अश्लिलतातर्फ वढ्दै गईरहेको छ । त्यसको अलावा नशाजन्य वस्तुहरूको वढ्दो उपभोग, पश्चिमा फिल्महरूको प्रभाव, ईन्टरनेटको गैर सेन्सर उपयोग तथा अश्ललिल साहित्यहरूको सर्वशुलभ विक्रिवितरणको कारण पनि अश्लिलता वढिरहेको छ ।

अश्लिलताको यो सवाल विगत वर्षको तुलनामा झनै गम्विर भईरहेको छ । सरकारि विद्यालयमा पढ्ने विद्यार्थी हरूको आचरणमा दिनप्रतिदिन आएको भिन्नतालाई विगत ३७ वर्षदेखि एउटै विद्यालयमा अध्यापन गरेर शुक्ष्म रूपमा नियालिरहनुभएका गणेश उ.मा.वि, मझुवा सिन्धुलिका शिक्षक विष्णुप्रसाद आचार्य (हाल विराटनगर) ले वताएअनुसार आजकाल सरकारी विद्यालयमा अश्लिलता अत्यन्तै तिव्र रूपमा वढेको छ । कक्षाकोठामै अश्लिल समाग्रीहरू हेर्ने तथा अश्लिल शव्दहरूप्रयोग हुन थालेका छन् । आफुले अध्यापन सुरू गर्दाका सुरूवाति दिनहरू सम्झदै उहाँले भन्नुभयो, पहिला-पहिला वाटोमा भेट हुदा विद्यार्थीहरू सम्मानले शिर निहुराएर वाटो छोडिदिन्थे, नैतिक रूपमा डर मान्थे, तर आजकाल आफैले वाटो छाड्दिनुपर्छ र कटिसकेपछि आफ्नोवारेमा गरिएका अश्लिल शव्दहरू सुन्नु पनि पर्छ । पहिला अश्लिल शव्दहरू वोल्नुलाई ज्यादै ठुलो कुकृत्य संझिईने गरिएतापनि आजकाल ज्यादै सामान्य भएको र आफुले पढाईरहेकै वेला पनि त्यस्तो कुरा सुन्नु परेकाले पेशाप्रतिनै हिनतावोध हुने गरेको उहाँको अनुभव छ । यसको रोकथाम गर्न खोज्दा उल्टै जाईलागेका घटनाहरू घट्ने गरेकाले शिक्षक एक्लैले केहि गर्न नसकिरहेको उहाँको वुझाई छ ।

यसै विषयमा मनमोहन मेमोरियल पोलिटेक्निक हात्तिमुढाकी लेक्चरर तथा कवयित्री, सविता गौतम दाहालको अनुभव भने अलिक भिन्न छ । उहाँका अनुसार अहिलेको पुस्ता आन्तरिक रूपमा शाव्दिक अश्लिलतामा अभ्यस्त हुदै गईरहेको भएपनि त्यसलाई आदर गर्नुपर्ने क्षेत्रसम्म ल्याउनभने डराईनै रहेको छ । आफुले १४ वर्षको अध्यापन अवधिमा अप्रत्यक्ष रूपमा त्यस्ता शव्दहरू सुनेको भएपनि प्रत्यक्ष रूपमा वा आफ्नो सामुन्ने अहिलेसम्म नसुनेको उहाँले वताउनुभयो । यो विषय पूर्ण रूपमा समाप्त पार्न नसकिने प्रकृतिको भएकाले यसलाई केहि हदसम्म सामान्य र केहि हदसम्म गम्विर विषयको रूपमा लिएर समाधान खोजिनुपर्ने उहाँको ठम्याई छ ।

यसको न्युनिकरणको लागी पहल चाल्ने समय घर्किरहेको छ । यो विषय जति सामान्य हुदैजान्छ, यसलाई कम गर्नेकाम त्यतिनै जटिल । विद्यालयमा हुदै गरेको सामान्यिकरण होस् वा उदाहरणमा उल्लेखित स्थानहरूमा देखिएजस्तै दृश्यहरू कुनैको पनि सामाजिक महत्व छैन । न तिनको कुनै फाईदानै छ । यसलेत केवल हामीलाई आफ्नै भाषा र त्यसको महानताको विषयमा कमजोर वनाउदै लगेको छ । विष्णु सरले भनेजस्तै हामीले गर्ने आदरमा गिरावट ल्याउदै छ । र यसैले निरन्तरता पायोभने सविता म्यामले भनेजस्तो आदरको घेरा भोलिनै तोडिनेछ । यदि कुनै सकारात्मक उपलव्धी विनानै समाजमा परिवर्तन भित्रिरहेको छ र त्यसले समग्र व्यवस्थामा उल्टो असर पारिरहेको छ भने त्यसलाई पालेर राख्नु वुद्दिमानी हैन ।

निश्चयनै यसको रोकथाममा कुनै एकल प्रयास पर्याप्त हुने छैन किनकि सारा कुरा आपसमा जकडिएका छन् । तरपनि केहि नगरि वस्नुभन्दा फैलन नदिन हामी प्रयासचाँहि निश्चयनै गर्न सक्छौ । यसको लागी घर, परिवार, समुदाय, विद्यालय र स्वयम अभ्यस्त पुस्ताको सामुहिक प्रयास जरूरि छ । तपाई स्वयम नै ति सवैको हिस्सा हो । त्यसैले तपाई एक्लैले चाँहादा पनि धेरै कुरा हुनसक्छ । यदि तपाई परिवारमा वस्नुहुन्छ र अश्लिल शव्द वोल्नुहुन्छ भने कम्तिमा परिवारभित्र त्यो कुरा नवोल्नुस । तपाई नशालु पदार्थ सेवन गरेर वोल्न वानी पर्नुभएको हुनसक्छ, त्यसलाई छाडिदिनुहोस । तपाईले अश्लिल शव्द वोलेर कसैलाई जिस्काएजस्तै भोलि कुनै दिन तपाईको परिवारलाई कसैले त्यसरिनै जिस्कायोभने तपाईलाई कस्तो लाग्नेछ भन्ने कुराको अनुमान तपाई स्वयमले गर्नुहोस । फेसवुकका भित्तामा तपाईले लेख्ने अश्लिल शव्दहरूले पनि तपाई स्वयमकै ओज घटाउने हो ।

यि सव पक्षहरूको मनन गरेर समाजमा अश्लिलता कम गर्ने अभियान अव पनि सुरू नगर्ने हो भने ज्यादै ढिलो हुनेछ । अगिल्लो पुस्तामा नभएको कुरा हामी आफैले सिकेको हो त्यसैले यसलाई भोलिको पुस्तामा जान नदिने कर्तव्य पनि हाम्रै हो भन्नेकुरालाई सवैले हृदयङ्गम गरौ किनकि सँस्कार हराए देश हराउछ, देश हराए हामी हराउछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्