धरानमा धारिलो हतियार प्रयोग गरी हत्या

धरानमा धारिलो हतियार प्रयोग गरी  हत्या

 

प्रेम देवान

विराटनगर १ साउन । धारिलो हतियार प्रयोग गरी सुनसरीको धरान–८ का २३ वर्षीय भेसु मगरको हत्या भएको छ । गए राति स्थानीय युवाको समूहले धरान–८ अरुण टोलका मगरलाई घरदेखि लखेट्दै नजिकैको मकैबारीमा लगेर हत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् । मगरको अनुहार र शरीरका विभिन्न भागमा हतियारले काटेका गम्भीर चोट देखिएका छन् । आन्तरिक झगडाका कारण स्थानीय एक युवासँग यसअगाडि पनि कुटाइ खाएका मगरले औषधि–उपचार माग गरेका कारण उनको हत्या गरिएको अनुमान गरिएको छ । भेसुकी आमा रामकुमारीले छोराको हत्या गर्नेहरुको नाम प्रहरीलाई दिइसकेकाले हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेकी छन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतीले भेसुका हत्याराको पहिचान भइसकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिसकिएको जानकारी दिए । भेसुको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।

००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्