पान बेचेर छोरालाई डाक्टर

पान बेचेर छोरालाई डाक्टर

 

सुनसरी, साउन २

आयस्रोत कम भएकाको पहुँचभन्दा बाहिर हो एमबीबीएस पढाई ।
यहाँका पसले महेश्वर ठाकुरले भने त्यही व्यवसायले छोरालाई डाक्टर बनाउन सके । एक वर्षपछि उनका जेठा छोरा जितेन्द्र बिरामी जाँचिरहेका हुनेछन् ।
इनरुवा कमल टाँकिजअगाडि २८ वर्षदेखि पानको पत्तामा चुना र कथ्था रगड्दै आएका महेश्वरलाई भित्रैबाट अठोट जागेर आयो तीन भाइ छोरा र एउटीछोरी मध्ये एउटा सन्तान डाक्टर बनाउने । नभन्दै २०६८ मा जितेन्द्रले एमबीबीएस प्रवेश परीक्षा पास गरे ।
त्यसपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २४ लाख तितेर भर्ना भए । पानको विक्रीबाट आएको आम्दानी घरखर्च कटाएर छोरा डाक्टर बनाउन जोगाए । त्यो रकमले नपुगेपछि उनले घर बैंकमा राखेर १० लाख ऋण लिए । कान्तिपुर दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्