उदयपुर, साउन २ गते।
उदयपुरको लिम्पाटारमा एक महिलाले आफ्नै श्रीमानलाई खुकुरी प्रहार गरेकी छिन्। खुकुरी प्रहारबाट घाइते श्रीमानको कटारी अस्पतालमा उपचार भइरहेको छ।
लिम्पाटार गाविस २ बस्ने २८ वर्षिय मोहन सरी राईले घरायसी विवादमा आफ्नै श्रीमान वर्ष ३० को निर कुमार राईलाई खुकुरीले प्रहार गरेकी हुन्। खुकुरी प्रहारबाट घाइते श्रीमानलाई उपचारकालागी कटारी अस्पताल लगिएको छ। राईको दाहिने पाखुरा र घाँटीमा चोट लागेको छ।
अभियुक्त महिलालाई अस्थायी प्रहरी चौकी सोरुङछबिसेले नियन्त्रणमा लिएको छ।