नमस्ते झरनामा पूर्वाधार निर्माणको कार्य सुरु

<span class='c1'>नमस्ते झरनामा पूर्वाधार</span> <span class='c2'>निर्माणको कार्य सुरु</span>

धनकुटा, ३ साउन : धनकुटाको भेडेटार गाविसमा रहेको पर्यटकीयस्थल नमस्ते झरनामा पूर्वाधार निर्माणको कार्य सुरु भएको छ । पर्यटन विकास कार्यलय काँकडभिट्टाको २१ लाख तथा जिल्ला विकास समितिको ६ लाखका साथै ७ लाख बराबरको स्थानीयबासीको जनश्रमदानमा कुल ३४ लाख रुपैयाँको लागतमा पूर्वाधार निर्माणको कार्य सुरु गरिएको हो । पहिलो चरणअन्तर्गत नमस्ते झरनामा प्रवेशद्धार, पुल, बाटो मर्मत, तथा झरनामाथिबाट झर्ने ढुङ्गा छेक्ने कार्य गरिएको नमस्ते झरना व्यवस्थापन समितिका अध्यक्ष दिलीप लिम्बूले जानकारी दिनुभयो । यसअघि पूर्वाधार निर्माणको अभावमा पर्यटक जोखिम मोलेर खोलाबाटै झरनासम्मको यात्रा गर्न बाध्य थिए । सो झरनामा विदाको दिन पाँच सय तथा अन्य दिन दुई सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्