“पिडितसंग प्रहरी” विषयक एक दिवसीय अन्तरकृयात्मक कार्यक्रम

<span class='c1'>“पिडितसंग प्रहरी” विषयक एक</span> <span class='c2'>दिवसीय अन्तरकृयात्मक कार्यक्रम</span>

ताप्लेजुङ, साउन ५

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अपराध अनुसन्धानलाई पिडित मैत्री बनाउने उदेश्यकासाथ आईतबार “पिडितसँग प्रहरी ” विषयक एक दिवसिय अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरेको छ।

प्रहरीको कामकारवाहीलाई जनउत्तरदायी एवं जवाफदेही वनाउने उदेश्यका आयोजना गरिएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयमा हाल कार्वाही प्रकृयामा रहेका विभिन्न मुद्दाका पिडित, तीनका आफन्त, स्थानीय राजनैतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि, महिला समुह, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि र पत्रकार समेत एक सयजनाको उपस्थिती रहेको थियो।

अन्तरक्रियात्मक कार्यक्रममा सहभागी पिडितका आफन्त तथा अन्य सरोकारवाला व्यक्तिहरुले राखेका अनुसन्धानसंग सम्बन्धित जिज्ञासा एवं समस्याहरुलाई जिल्ला स्थित बिभिन्न न्यायायिक निकायका अधिकृतहरुले सम्बोधन गर्नु भएको थियो।

अपराध अनुसन्धान कार्यलाई पिडित मैत्री बनाउदै अगाडी बढाउन, पिडितको अपेक्षा र सुझावलाई समेट्न, उनीहरुलाई गाँउघरमा सहजरुपमा बस्ने बातावरण बनाउन शान्तिसुरक्षा प्रदान गर्न तथा मुद्दाको कारवाही एवं प्रगतिबारे पिडितलाई जानकारी दिने उदेश्यकासाथ उक्त कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्