मोरङ, साउन ६ गते।
मोरङ र सुनसरीको दुई स्थानमा धारिलो हतियार प्रहारबाट मंगलबार दुई जना घाइते भएका छन्।
मोरङको सुन्दरदुलारी नगरपालिका १ बस्ने २२ वर्षिय दिपक लिम्बुलाई सोही ठाउँ बस्ने २० वर्षिय अमर कार्कीले कैचीले प्रहार गरी घाइते बनाएका छन्। सांझ करिब २२१५ दुबै विच सामान्य विवाद हुँदा कार्कीले लिम्बुको कोखामा कैचीले हानेका हुन् । घाइते लिम्बुलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ भने अभियुक्तलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी मंगलबार सांझ करिब ८ बजेतिर धरान नगरपालिका ७ स्थित सडक किनारमा स्थानीय ३० वर्षिया भुण्टी भुजेल घाँटीमा ब्लेडले काटिएर छटपटिएको अवस्थामा फेला परेको छ। घाइते महिलालाई उपचारकालागी धरान घोपा लगिएको छ भने उनका श्रीमान बिक्रम भुजेललाई प्रहरीले अनुसन्धानकालागी नियन्त्रणमा लिएको छ।