ट्रक र बस ठोक्किँदा २० यात्रु घाइते

<span class='c1'>ट्रक र बस ठोक्किँदा</span> <span class='c2'>२० यात्रु घाइते</span>

 

६ साउन, सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको लौकही गाविस–७ मा बुधबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २० जना यात्रु घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको को१ख ३५९१ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना४ख ५१०० नम्बरको ट्रक एकापसमा ठोक्किँदा सो घटना भएको हो ।

घाइतेहरुको उपचार जिल्ला अस्पताल इनरुवामा सम्भव नभएपछि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तीव्र गतिका कारण सवारीसाधनले नियन्त्रण गुमाउन पुग्दा उक्त दुर्घटना भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताए । बस र ट्रक सुनसरी प्रहरीको नियन्त्रणमा रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्