लागुऔषध न्यूनिकरण गर्न सक्रिय उर्लाबारी प्रहरी

<span class='c1'>लागुऔषध न्यूनिकरण गर्न</span> <span class='c2'>सक्रिय उर्लाबारी प्रहरी</span>

 

तेजन खड्का
उर्लावारी साउन ६ गते ।
इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले सार्वजनिक स्थलमा उम्रीएका गाँजा नस्ट गर्ने अभियानलाई तिब्रता दिएको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीराम भण्डारीको नेतृत्वको टोलीले सार्वजनिक स्थलमा उम्रिएका गाँजा नस्ट गरिरहेको हो ।
यसअघि पनि प्रहरीले गाँजा फडानी गरेको थियो ।
चाहे गाँजाको होश या भाङको बोट,निरीक्षक भण्डारीले भने,हामी नष्ट गर्छौ, बालबालिकाले पनि सेवन गर्न थालेको जनगुनासो बढेको छ ।
गाँजा किनबेच गर्ने व्यापारी र युवाहरुलाई पनि निगरानी बढाइएको भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार लागुऔषध प्रयोगकर्ता न्यूनिरकण गर्ने उदेश्यले सो अभियान थालिएको हो । रात्रि गस्ती मार्फत पनि लागुऔषध प्रयोकर्ताहरुको खोजी कार्य पनि बढाइएको उनले जानकारी दिए । लागुऔषधको प्रयोग पुस्ताहस्तान्तरण भएकोले जटिल समस्या बन्दै गएको छ ।

फडानी गरिएर ल्याइएको गाँजा देखाउदै प्रहरी निरीक्षक भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्