सवारी दुर्घटनामा तीनको मृत्यु

सवारी दुर्घटनामा तीनको मृत्यु

धनकुटा,  श्रावण ७

धनकुटा, तेह्रथुम र ओखलढुङ्गामा बुधवार भएको बेग्लाबेग्लै सवारी दर्घटनामा परी तीन जनाको ज्यान गएको छ।

धनकुटाको मौनाबुधुक ५ स्थित भित्री सडक खण्डमा साझ करिब ४ बजे मौनाबुधुकबाट राजारानीतर्फ जाँदै गरेको को. १ त ६७८० नम्बरको ट्याक्टरमा चढ्ने क्रममा सो ट्याक्टरको डालाले टाउकोमा चोट लाग्दा स्थानिय ११ बर्षिय बिनोद मगरको मृत्यु भएको छ। टाउकोमा चोट लागेका बालकलाई उपचारका लागी स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर र ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यालय राजारानीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी तेह्रथुमको मध्य पहाडि राजमार्ग अन्तर्गत म्याङ्लुङ नगरपालीका १० मा एक ट्याक्टर पल्टिदा उक्त राजमार्गमा मज्दुरी काम गर्ने पुरुषको मृत्यु भएको छ। साझ करिब साढे ६ बजे सामान लिन हिडेका को १ त ८८४२ नम्बरको ट्याक्टर सडकबाट पल्टेर तल खस्दा सो ट्याक्टरमा सवार सल्यान जिल्ला त्रिबेणि २ का ३० बर्षिय घनश्याम बि.क.को घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर घटनास्थलमा रहेको छ भने चालक फरार रहेकोले खोज तलास भईरहेको छ।

त्यस्तै ओखलढुङ्गाको बलखु १ स्थित भित्री सडक खण्डमा राती करिब साढे ८ बजे गुड्डै गरेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ। ना. ४ त ६०७५ नम्बरको ट्याक्टरमा सवार सिस्नेरी ६ का १७ बर्षिय नवराज राईको सो दुर्घटनामा घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर र चालक प्रहरी चौकी हर्कपुरको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्