धनकुटा, श्रावण ७ गते।
धनकुटाको बेलहरामा बुधवार दिउँसो लाईनको काम गरिरहेका पुरुषको करेन्ट लागेर मृत्यु भएको छ।
नेपाल बिधुत प्रधिकरण धनकुटामा कार्यरत धनकुटा आँखिसल्ला ५ का ३२ बर्षिय चरचिल राईको दिउँसो करिब साढे २ बजे छिन्ताङ् बेलहरामा ११ के.वि. लाईनमा काम गरीरहेको अवस्थामा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलमा ईलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी टोली खटि गई आवश्यक प्रक्रिया भईरहेको छ।