उद्घोषण तालिम सुरु

<span class='c1'>उद्घोषण तालिम</span> <span class='c2'>सुरु</span>

उर्लाबारी÷नेपाली काङ्ग्रेस निकट नेपाल महिला संघको आयोजनामा बिहीबारदेखि मोरङको उर्लाबारीमा महिलाहरुका लागि तीन दिने उद्घोषण तालिम सुरु भएको छ । महिलाको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गरिएको हो ।
तालिममा महिला संघको नगर र वडा समितिका पदाधिकारीसहित ४५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । संघकी नगर समिति सभापति भागिरथा अधिकारीको अध्यक्षतामा भएको तालिममा काङ्ग्रेस महासमिति सदस्य शोभा चेम्जोङ पालुङ्वाले सहजीकरण गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्