मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, तीन घाईते

<span class='c1'>मोटरसाईकल दुर्घटनामा एकको</span> <span class='c2'>मृत्यु, तीन घाईते</span>

मोरङ, श्रावण ८ गते।

मोरङको राजघाटमा बिहिवार राती भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अन्य तीन जना घाईते भएका छन्।

मोरङको राजघाट ८ स्थित भित्री सडक खण्डमा राती करिब १० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १८ प ४८७३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा पाछाडि सवार उर्लाबारी ४ का २२ बर्षिय दिपक बांतरको उपचारको क्रममा गोल्डेन अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाईकल चालक उर्लाबारी ४ का २२ बर्षिय राजु खड्का र मोटरसाईकलमा पछाडि सवार राजघाट ८ का २३ बर्षिय निर्मल बराल र २२ बर्षिय अजित पाण्डे घाईते भएका छन्। उनीहरुको अरनिको अस्पताल उर्लाबारीमा उपचार भईरहेको छ। घाईते तीनै जनाको अवस्था सामान्य रहेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्