अपहरण मुद्दाका फरार अभियुक्त पक्राउ

<span class='c1'>अपहरण मुद्दाका फरार</span> <span class='c2'>अभियुक्त पक्राउ</span>

झापा, साउन १० गते।

क्षेत्रीय अनुसन्धान समुहका प्रहरी टोलीले शनिवार झापाको धरमपुरबाट सुनिल कुमार बिन्दलको अपहरण मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।

काकडभिट्टाको मेची नगरपालीका १० बाट सुनिल कुमार बिन्दललाई अपहरण गरी फिरौती माग गर्ने घटनामा संलग्न भई फरार रहेका पाँचथर भारपा ७ की सरस्वता तामाङलाई क्षेत्रीय अनुसन्धान समुहको टोलीले झापाको धरमपुरबाट लुकि छिपी बसीरहेको अवस्थामा पक्राउ गरेको हो। तामाङलाई आवश्यक अनुसन्धानका लागी सो समुहले जिल्ला प्रहरी कार्यालय झापालाई बुझाएको छ।

२०७१ साल माघ १८ गते अपहरणमा परेका झापाका अलैची व्यापारी भारत सिलिगुडिका सुनिल कुमार बिन्दललाई क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान समुह सहितको टोलीले माघ २३ गते झापाको धरमपुरबाट सकुशल उद्धार गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्