नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

<span class='c1'>नागरिक सुनुवाई</span> <span class='c2'>कार्यक्रम सम्पन्न</span>

ईलाम, साउन ११ गते।

जिल्ला प्रहरी कार्यालय ईलामको आयोजनामा ईलाम जिल्लाको साखेजुङ्गमा आईतबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

ईलामको साखेजुङ्ग ७ स्थित नेपालटार उच्च माध्यमिक बिधालयको प्राङ्गणमा आयोजना भएको उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय ईलामका प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाटको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाट द्वारा नागरिकहरुले राखेका जिज्ञासा, सल्लाह र सुझाबका बारेमा संगठनको तर्फबाट आफ्नो भनाई राख्नुका साथै जिल्ला प्रहरी कार्यालय ईलामले सम्पन्न गरेका बार्षिक कार्यको बारेमा समेत प्रस्तुतिकरण गर्नु भएको थियो। कार्यक्रममा अन्दाजी ६० जना स्थानिय नागरिकहरुको उपस्थिति रहेको थियो।

प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालको तिनवर्षे रणनैतिक कार्ययोजना अन्तर्गत प्रहरी कार्यलाई थप प्रभावकारी समयसापेक्ष र नागरिक केन्द्रित बनाउदै कानुन कार्यान्वयनमा थप सफलता हासिल गर्ने उद्देश्यले नागरीक सुनुवाई कार्यक्रम गरिदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्