हिन्दूवादी र प्रहरीबीच इटहरीमा झडप

<span class='c1'>हिन्दूवादी र प्रहरीबीच</span> <span class='c2'> इटहरीमा झडप</span>

इटहरी, ११ साउन : संविधानमा हिन्दूराष्ट्र कायम हुनुपर्ने माग गर्दै आन्दोलनरत हिन्दूवादी र प्रहरीबीच सोमबार सुनसरीको इटहरीमा झडप भएको छ । नेपालको राष्ट्रिय झण्डा बोकेर विरोध प्रदर्शन गरिरहेकाहरुबाट प्रहरीले दुई वटा राष्ट्रिय झण्डा खोसेपछि विवाद हुँदा झडप भएको हो । राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि २०६९ मा विरोध प्रदर्शनलगायतका कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग गर्न नपाइने व्यवस्था भएअनुसार प्रहरीले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न नहुने भन्दै प्रदर्शनकारीहरुबाट झण्डा खोस्दा विवाद भएको थियो । प्रहरीले राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न झण्डा खोसे पनि प्रदर्शनकारीहरुले भने प्रहरीले झण्डा च्यातेको भन्दै प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । झण्डा खोस्ने क्रममा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद शर्माले विरोध गर्ने महिला मञ्जु रेग्मीलाई धकेलेपछि प्रदर्शनकारीहरु आक्रोशित भएका थिए । उनीहरुले महिलालाई कुट्न पाइँदैन भन्दै प्रहरीविरुद्ध प्रदर्शन गरेका थिए । तर प्रहरी र प्रदर्शनकारी दुवै आफैं संयमित भएपछि घटनाले ठूलो रुप लिन भने पाएन । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सिटी फुकेर भीड रोक्ने प्रयास गरेको थियो भने प्रदर्शनकारीहरुले घण्टा बजाएर भीडलाई संयमित पारेका थिए । यसैबीच हिन्दूवादीहरुले हिजोदेखि इटहरीमा सुरु गरेको चक्काजामलाई आज पनि निरन्तरता दिएका छन् । उनीहरुले हिजो मुख्य चौकमा दुई घण्टा विरोध प्रदर्शन गर्दै चक्काजाम गरेका थिए । उनीहरुले सोमबारसमेत दुई घण्टाको कार्यक्रम राखेको भए पनि प्रहरीको दमन भएको भन्दै साँझसम्म प्रदर्शन गरेका थिए । प्रदर्शनकै क्रममा हिन्दूवादीहरुले एमाओवादी महासचिव कृष्णबहादुर महराको पुत्ला दहन गरेका छन् । कृष्णबहादुर महराले काठमाडौंमा क्रिश्चियनहरुको कार्यक्रममा हिन्दूराष्ट्रको विरोधमा वक्तव्य दिएको भन्दै उनीहरुले महराको पुत्ला जलाएका हुन् । हिन्दूवादीहरुले महराले विदेशीको डलर खाएर नेपाललाई धर्मनिरपेक्ष बनाउन खोजेको भन्दै महराविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

-makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्