शिशुको मृत्युपछी लाइफलाइन अस्पताल घेराउ

<span class='c1'>शिशुको मृत्युपछी लाइफलाइन</span> <span class='c2'>अस्पताल घेराउ</span>

दमक- झापाको दमकस्थित लाइफलाइन अस्पतालले अरिंगालको टोकाइबाट बिरामी भई ल्याएइएकी १४ महिनाकी एक शिशुको उपचारमा ध्यान नदिँदा ज्यान गएको भन्दै पीडित पक्षले अस्पताल घेराउ गरेका छन् । अस्पतालमा भर्ना गरिएको ४ घण्टापछि झापा तोपगाछी – ८ का राजु घिमिरेकी छोरी सेविकाको मृत्यु हुनुमा अस्पतालका चिकित्सकको लापरवाही भएको दाबी गर्दै तोपगाछीका सयौंसर्वसाधारणले गएराती देखीनै अस्पताल घेराउ गरेका हुन् । उनीहरुले शिशुको शव बुझ्न अस्वीकार गरेपछि अस्पतालकोइमरजेन्सी कक्षमा कोही पनि स्वास्थ्यकर्मी छैनन । विरामीको अस्पताल भर्ना सम्बन्धि कागजात समेत अस्पताल प्रशासनले लुकाएर घट्नाको यथार्थ छानविनमा असर पुरयाउने कोशिस गरिरहेको पनिआरोप लगाएका छन् । मृतकका आफन्त र शुभचिन्तकहरु अस्पतालमा पुगेपछि अस्पतालले स्थानीय जनपथ र सशस्त्र प्रहरी ठुलो संख्यामा परिचालन गरेको छ । मृतकका नातेदार हरीप्रसाद पराजुलीले शिशुको उपचार सम्बन्धि कागजात अस्पताल प्रशासनले राखिनु कुनैपनि अर्थमा उचित नहुने बताए । मृतकका छिमेकी नेत्र अधिकारीले अपरान्ह ४ बजे अस्पतालको एमरजेन्सी कक्षमा भर्ना गरिएकी शिशुको अवस्था सामान्य बन्दै गएको भनि अस्पतालले थप उपचारका लागि बच्चा वार्डमा स्थानान्तरण गरेपछि त्यहाँ प्रयोगका लागि चिकित्सकले लेखेका औषधीहरु मध्ये एउटा इन्जेक्सन लगाएको केही बेरमै शिशु बेहोस भएको र पुन चिकित्सक बोलाई दिन भन्दा इमरजेन्सीमा बिरामी पुरयाउन लगाएको बताए । बच्चा वार्डबाट बिरामीलाई फेरी इमरजेन्सीमा पठाइदिएको र त्यहाँ पुग्दा सबै स्वास्थ्यकर्मीहरु अघिनै भागिसकेका पाइएकोले घट्नामा अस्पताल पक्ष दोषि रहेको अनुमान सहजै लगाउन सकिने मृतकका अर्का एक नातेदारले बताए । पीडित पक्षले उचित छानविन गरि दोषीलाई कारवाही गर्नुपर्नेे माग उठाएका छन भने अस्पताल प्रशासनले सुरक्षामकर्मी परिचालन गरेर पीडित पक्षलाई त्यहाँबाट हटाउन खोजिरहेको छ ।घट्नाको सामान्यीकरण गर्ने वा मृत्युको खास कारण बारे परिवारलाई जानकारी गराउने प्रयत्न समेत नगरेको पीडित पक्षको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्