बस अनियन्त्रित भएर पल्टिदा चालक सहित ८ घाईते

बस अनियन्त्रित भएर पल्टिदा चालक सहित ८ घाईते

विराटनगर १६ साउन ।
धरानबाट काँकडभिट्टाका लागि पूर्व्तिर जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भएर पल्टिदा  मोरङको कानेपोखरीमा चालकसहित ८ जना घाइते भएका छन् । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ । बिहान साँढे ६ बजे पूर्व्तिर जाँदै गरेको को १ ख २७६० नम्बरको बस अनियन्त्रित भएर मोरङको बयरवन–९ कानेपोखरीस्थित राजमार्गको बायाँ साइटको रुखमा गएर ठोक्किएको थियो । बस दुर्घटना हुँदा चालक सुनसरी धरान–८ का ४५ बर्षिय पुलकित राजधामी गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । बसमा सवार अन्य सात जना यात्रु पनि घाइते भएका छन् । उनीहरु सबैको स्थानिय पथरी अस्पातालमा उपचार भईरहेको पथरी ईलाका प्रहरी कार्यलयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्