आमा र दाई मिली छोराको हत्या

आमा र दाई मिली छोराको हत्या

विराटनगर १६ साउन । सोलुखुम्बुको नेचा बतासे ३ का १३ वर्षीय बालक मोहन खड्काको मृत्यु दाजुको मुक्का प्रहारबाट भएको रहस्य खुलेको छ । मोहन आफ्नै घरको बलोमा प्लाष्टिकको पासो लगाएर झुण्डिएको अवस्थामा बुधबार फेला परेका थिए । सुरुमा उनले आत्महत्या गरेको अड्कल काटिएको थियो । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दाजु नेत्र खड्काले घरायसी विवादमा मुक्का प्रहार गर्दा मृत्यु भएपछि झुण्डाएको खुलासा भएको हो । बुधबार दिउँसो दाजु नेत्रले भाइ मोहनलाई काम नगर्ने खान मात्रै अघि सर्ने भन्दै मुक्का प्रहार गरेका थिए । त्यसपछि लडेका भाइलाई उनले बलोमा झुण्डाएका थिए । मोहनलाई झुण्ड्याउन सहयोग गर्ने उनकी आमा पबिमायाँ खड्का र एक छिमेकीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको पुर्व क्ष्ोत्रिय प्रहरी कार्यलय विराटनगर रानीले जनाएको छ ।
पोष्मार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गरी कार्बाही प्रक्रिया अघि बढाउने प्रहरी निरिक्षक कुन्दन देबले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्