खाना पकाउने ग्याँस सिलिण्डर पड्किडा एकको मृत्यु

<span class='c1'>खाना पकाउने ग्याँस सिलिण्डर</span> <span class='c2'>पड्किडा एकको मृत्यु</span>

सुनसरी , साउन १७

सुनसरी र सिरहा जिल्लामा आज बिहान खाना पकाउने ग्याँस सिलिण्डर पड्किडा एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन्।

ईटहरी उपमहानगरपालीका ८ स्थित किरण तामाङ्को घरमा डेरा गरी बसेर ग्याँस चुल्हो तथा सिलिण्डर मर्मतको काम गर्ने भारत सुन्दरीमोठका ३५ बर्षिय बिनोद सोनारको ग्याँस सिलिण्डर पडकेर मृत्यु भएको हो। बिहान करिब १११० बजे ग्याँस सिलिण्डर मर्मत गर्ने क्रममा सिलिण्डरमा अचानक आगलागी भएपश्चात खुल्ला स्थानमा फाल्ने क्रममा बिष्फोट भई सिलिण्डरको टुक्राले लागेर गम्भीर घाईते भएका सोनारको उपचारको क्रममा बि.पि. कोईराला बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।

त्यसैगरी सिरहा नगरपालीका ७ स्थित माडर बस्ने पप्पु मुखियाको २० बर्षिया श्रीमति बबिता मुखिया ग्याँस सिलिण्डर पड्केर घाईते भएकी छिन्। बिहान करिब ११३० बजे खाना पकाउने क्रममा अचानक ग्याँस पड्केर शरिरमा आगो लाग्दा उनी गम्भीर घाईते भएकी हुन्। उनको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्