पार्किङ्ग गरी राखिएको ट्रकमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर

<span class='c1'>पार्किङ्ग गरी राखिएको ट्रकमा</span> <span class='c2'>मोटरसाईकल ठोक्किदा चालक गम्भीर</span>

झापा, साउन १८ गते।

झापाको लक्ष्मीपुरमा आईतवार साझ पार्किङ्ग गरी राखिएको ट्रकमा मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक गम्भीर घाईते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लक्ष्मीपुर ८ मा अपरान्ह १९५० बजे बिग्रिएर पार्किङ्ग गरी राखिएको ना. ३ ख ५५०४ नम्बरको ट्रकमा पश्चिमतर्फ जाँदै गरेको बा. ५३ प ११८२ नम्बरको मोटरसाईकलले पछाडिबाट ठक्कर दिँदा मोटरसाईकल चालक स्थानिय २७ बर्षिय सोम कटुवाल गम्भीर घाईते भएका छन्। उनलाई उपचारका लागी भारतको सिलिगुडितर्फ लागिएको छ।

मोटरसाईकल र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने ट्रक चालक फरार रहेकोले खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्