लागुऔषध सहित फरार पक्राउ

<span class='c1'>लागुऔषध सहित</span> <span class='c2'>फरार पक्राउ</span>

सिरहा, साउन १८ गते।

सिरहा नगरपालीकामा आईतबार प्रहरीले लागुऔषध सहित फरार रहेका एक प्रतिवादिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाको नवराजपुर गा.वि.स. वडा नं. ४ का २३ बर्षिय अजय कुमार मोची रहेका छन्। उनी अपहरण तथा शरिर बन्धक, संगठित अपराध, हातहतियार, ज्यान मार्ने उधोग,चोरी र डाका जस्ता जघन्य प्रकृतिका अपराधका फरार प्रतिवादि हुन्।

सिरहा नगरपालीका १२ स्थित सडकमा आईतबार साझ करिब १५०० बजे साईकलमा चढि कालो रङको झोला पछाडि बोकी आईरहेको मोचीलाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा उनको झोलाबाट लागुऔषध बरामद भएको हो। प्रहरीले उनको झोलाबाट लागुऔषध कोरेक्स २५ बोतल बरामद गरेको छ। पक्राउ परेका मोचीलाई आवश्यक अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सिरहाको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्