खाँदबारीमा बिष्फोटक पदार्थ बरामद

<span class='c1'>खाँदबारीमा  बिष्फोटक</span> <span class='c2'>पदार्थ बरामद</span>

संखुवासभा, साउन १८ गते।

संखुवासभाको खाँदबारीमा आईतवार प्रहरीले जिप चेकजाँच गर्ने क्रममा बिष्फोटक पदार्थ बरामद गरेको छ।

चेकजाँच गर्ने क्रममा प्रहरीले बिष्फोटक पदार्थ डेटोनेटर केप २९० थान, जिलेटिन लोला १०० थान, फ्युज वायर ७१ मिटर र गन्धक १० ग्राम बरामद गरेको हो। खाँदबारी नगरपालीका १ स्थित ढोलबाजेको सडकमा प्रहरीले चेक जाँच गर्ने क्रममा तुम्लिङटारबाट खाँदबारीतर्फ आउदै गरेको को. १ ज २१०६ नम्बरको यात्रुबाहक जिपलाई रोकेर चेक जाँच गर्न लाग्दा एक जना पुरुष गाडिबाट हाम फाली भागेका थिए। गाडिबाट हाम फाली भागेका पुरुषको झोला चेकजाँच गर्दा उक्त बिष्फोटक पदार्थ बरामद भएको हो। झोलाबाट डायरी तथा अन्य कागजपत्र समेत बरामद भएको छ।

झोलामा रहेको डायरीमा रिदर भोटिया सुकेपोखरी नाम उल्लेख भएको र निज ईलाम जिल्लाको पशुपतिनगर, फिक्कल, नयाँबजार तथा जमुनामा समेत बसेको अनुसन्धानबाट खुलेको छ। फरार भएका पुरुषको खोजतलास तथा अन्य अनुसन्धान कार्य भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्