लेनदेन मुद्दाका एक फरार अभियुक्त पक्राउ

<span class='c1'>लेनदेन मुद्दाका एक</span> <span class='c2'>फरार अभियुक्त पक्राउ</span>

सिरहा, साउन २० गते।

सिरहाको गोलबजारबाट मंगलबार प्रहरीले लेनदेन मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहा लालपुर गाविस वार्ड नं. १ घर भई हाल गोलबजार नगरपालिका वार्ड नं. २ बस्ने हरिप्रसाद सुनुवार छन्। उनलाई क्षेत्रीय प्रहरी कार्यालयको निर्देशन अनुसार "फरार अभियुक्त पक्राउ अभियान" अन्तरगत इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेका हुन। सुनुवार मंगलबार राती लुकिछिपी घरमा आएको अवस्थामा पक्राउ परेका हुन्।

उनलाई जिल्ला अदालत सिरहाले मिति २०७२।०३।२५ गते लेनदेन बिगो मुद्दामा तीन महिना कैद सजायको फैसला सुनाएको थियो। फैसलासंगै उनी फरार रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्