मोरङ, साउन २० गते।
मोरङको सुन्दर-दुलारीस्थित सामुदायिक वनभित्र मंगलबार मानव कंकाल फेला परेको छ।
सुन्दर-दुलारी नगरपालिका ५ स्थित साझेदारी सामुदायिक वन र हरियाली समुदायिक वनको बिच भागमा स्थानीयले मंगलबार सांझ मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका हुन्। कंकाल नजिकै महिलाले लगाउने लुङगी र स्वेटरसमेत बरामद भएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिगएको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको छ।