खोलाले बगाएर बालकको डुबेर मृत्यु

<span class='c1'>खोलाले बगाएर बालकको</span> <span class='c2'>डुबेर मृत्यु</span>

सुनसरी, साउन २२ गते ।

सुनसरीको पूर्वकुशाहा गाविस ६ स्थित धनुषा खोलामा नुहाउन गएका एक बालकको खोलाले बगाएर मृत्यु भएको छ।

पूर्वकुशाहा ६ बस्ने सिताराम उरावको ६ वर्षिय छोरा शिवसागर उरावलाई बिहिबार बिहान नुहाउन जाँदा खोलाले बगाएर मृत्यु भएको हो। बिहिबार बिहान ११०० बजेदेखि उनी हराएपछि बालकका आफन्तजनले प्रहरीमा सोबारे जानकारि गराएका थिए। प्रहरी र स्थानीयवासीले बालकको खोजी गर्नेक्रममा उनको शव आज बिहान ९ बजे खोलामा भेटिएको हो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय छिटाहाबाट खटि गएको प्रहरी टोलीले लाश जाँच प्रकृती मुचुल्का सम्पन्न गरी बालकको शव पोष्टमार्टमकालागी कोशी अन्चल अस्पताल बिराटनगर पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्