शुक्रबार दिनभर इटहरी तनावपूर्ण

<span class='c1'>शुक्रबार दिनभर</span> <span class='c2'>इटहरी तनावपूर्ण</span>

सुरेश घिमिरे
इटहरी, २२ साउन : हिन्दूवादी र धर्मनिरपेक्ष पक्षधरको कार्यक्रमले शुक्रबार दिनभर इटहरी तनावपूर्ण बनेको छ । हिन्दुवादी वैदिक सनातन हिन्दूराष्ट्र नेपाल संयुक्त संघर्ष समितिको पूर्वाञ्चल बन्द र धर्मनिरपेक्ष पक्षधर आदिवासी जनाजाति महासंघको २१ औं आदिवासी दिवसको कार्यक्रम एकैदिन परेपछि झडप र मुडभेडको त्रासले इटहरी दिनभर सशंकित बनेको हो । दुवैले एकअर्काको परस्पर विरोधी नाराबाजी र भाषण गरेपछि कुनै घटना हुने हो कि भन्ने त्रासले इटहरी सशंकित बन्न पुगेको हो । इटहरी चोकबाट पूर्वतर्फ आदिवासी जनजाति र पश्चिमतर्फ हिन्दूवादीहरुले खुलेआम आपसी विरोधका भाषण र नाराबाजी गरेपछि मुख्य चौकमा प्रहरी बाक्लो संख्यामा तैनाथ गरिएको थियो । प्रहरीले हिन्दूवादी र आदिवासीहरुबीच आपसमा कुनै मुडभेड र झडप नहोस् भन्नका लागि दुवैलाई विपरीत दिशामा जानसमेत दिएन । २१ औं आदिवासी दिवस भनिए पनि आदिवासी नेताहरुको सम्पूर्ण भाषण हिन्दूराष्ट्र हुन नहुने, धार्मिक सर्वसत्तावाद स्वीकार नहुने र कुनै एउटा धर्म लाद्न खोजिए जे पनि गर्न पछि नपर्ने चेतावनी दिएका थिए । आदिवासीका कार्यक्रममा आदिवासी नेताहरु आङकाजी शेर्पा, विश्लेषक भवानी बराल, ध्रुव सुब्बालगायतका नेताहरुले बोल्नुभएको थियो । उनीहरुले पनि संविधानमा हिन्दूराष्ट्र कुनै हालतमा स्वीकार नहुने भन्दै यदि हिन्दूराष्ट्र घोषणा गरिए आदिवासीहरु चुप लागेर नबस्ने चेतावनी दिए । यता, इटहरी चौकमा पश्चिमतर्फ रहेको हिन्दूवादीहरुले सडकमै हिन्दूराष्ट्र नेपाल लेखेर बन्द गरेका थिए । साउन १ गतेदेखि हिन्दूवादीहरुले आन्दोलन गर्दै आएको सरकारले नसुनेको भन्दै उनीहरुले शुक्रबारदेखि अनिश्चितकालीन बन्दको आह्वान गरेका छन् । सडकमै बसेर बन्द गरिरहेका हिन्दूवादीहरुको आन्दोलनको नेतृत्व गर्दै आउनुभएका युवा सन्त श्रीनिवासाचार्यले आफूहरुको आन्दोलनमा जनता स्वतस्फर्त रुपमा आएको र जनजातिको जस्तो बटुलेर र पैसा तिरेर नल्याएको भन्दै जनजाति र अन्य कुनै नाममा हिन्दूवादीमाथि प्रहार गर्ने काम भए धर्मयुद्ध हुने चेतावनी दिनुभयो । हिन्दूवादी र धर्मनिरपेक्ष पक्षधरहरुले एकैपटक कार्यक्रम हँुदा इटहरी चौकको पूर्व आदिवासीको र पश्चिम हिन्दूवादीको कब्जामा भएजस्तो देखिएको थियो ।

Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्