बिना इन्धन चल्ने पूवाञ्चलमै पहिलो पटक वर्षा पम्प प्रयोगमा

<span class='c1'>बिना इन्धन चल्ने पूवाञ्चलमै पहिलो</span> <span class='c2'>पटक वर्षा पम्प प्रयोगमा</span>

सरोज भट्टराई

दूधे । बढ्दो लोडसेडिङ्गको कारण कृषि क्षेत्र धरासायी बन्दै गएको अवस्थामा बिना इन्धन चल्ने पूवाञ्चलमै पहिलो पटक वर्षा पम्प प्रयोगमा ल्याइएको छ । शिवसताक्षी–८ स्थित जनजागरण कृषक समूहका सदस्य जंगलु चौधरी र भीमप्रसाद कोइरालले बर्षा पम्प प्रविधिबाट कनकाई नहरको पानी तानेर तरकारी खेती गर्न थालेका छन् ।
बिना इन्धन चल्ने यो पम्प खोला वा नहरकोे पानीले घुमाएको भरमा पानी तान्ने विश्वकै नौलो र आधुनिक प्रविधिको रुपमा मानिएको छ । खोला नहर भन्दा माथि खेत भएर सिचाईंको समस्या परेका किसानहरुका लागि पनि यो प्रविधि उपयुक्त हुने बताइएको छ । व्यवसायिक खेती गर्ने साना तथा मझौला किसानहरुका लागि लक्षित गरी सो पम्प युरोपमा विकास गरिएको हो ।
कुनै इन्धन वा बिजुली नचाहिने, चालु खर्च नलाग्ने, वातारण प्रदुषण नगर्ने, सजिलै मर्मत सम्भार, जडान गर्न र निकाल्न सकिने भएकाले पनि यो प्रविधि किसानहरुका लागि बढी प्रभावकारी हुने सिचार्इं विभाग व्यवस्थापन महासंघका उपनिर्देशक बासुदेव लोहनीले बताए । उनले भने–‘यो प्रविधि हालै मात्र नेदरल्याण्डबाट नेपालमा ल्याइएको हो, त्यसैले यसको लागत १ लाख ५० हजार देखि २ लाखसम्म पर्न जान्छ तर यसलाई नेपालमै पनि बनाउन सकिन्छ । नेपालमै बनाउँदा ५० हजार देखि ६० हजार सम्ममा बन्न सक्छ ।’
पानीकै इनर्जीबाट पम्प प्रयोग गरी तानेको पानीलाई रिजर्भवेसन ट्यांकीमा जम्मा गरेर त्यसबाट विभिन्न ठाउँमा पानी लगी तरकारी खेतीमा थोपा सिचाई गर्न सकिन्छ । यसको प्रयोगले किसानहरुलाई धेरै नै राहत मिल्ने देखिन्छ ।
सो पम्पको चौबिसै घण्टा पानी तानिरहने क्षमता हुन्छ भने यसले दैनिक ४० हजार लिटरसम्म पानी तान्ने गर्दछ । ६० फिट उचाई र दुई किलोमिटर दुरीसम्म पानी फ्याँक्ने भएकाले आकाशे पानीको भरमा परेका किसानहरुलाई २ देखि ५ गुणा सम्म उब्जनी बढाउन सकिने पूर्वाञ्चल सिचाई डिभिजन कार्यालय प्रमुख कुञ्जनभक्त श्रेष्ठले बताए ।
यो प्रविधिको सिचार्इं विभाग व्यवस्थापन उपमहानिर्देशक बासुदेव लोहनी र पूर्वाञ्चल सिचाई डिभिजन प्रमुख कुञ्जनभक्त श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । प्रेल्ट्रिक एक्सन भन्ने संस्थाले सो पम्प परीक्षणका लागि नेपालमा भित्र्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्