के होला त बिराटनगर प्रदेशिक राजधानी ?

<span class='c1'>के होला त बिराटनगर</span> <span class='c2'>प्रदेशिक राजधानी ?</span>

बिराटनगर साउन २६

चार दलबीच १६ बुँदे सहमति भएपछि विराटनगरलाई संघीय राज्यको राजधानी बनाउने बहस एकपटक फेरी सुरू भएको छ । छ प्रदेश मध्ये १ नम्बरमा मेची, कोशी, सगरमाथाको सोलुखुम्बु, खोटाङ, उदपयपुर र ओखलढुंगा रहेका छन्।

यस्तै दुई नम्बर प्रदेशमा पर्सादेखि सप्तरीसम्मको तराई परेका छ। तीन नम्बरमा बाग्मती अञ्चल, नारायणिको मकवानपुर र चितवन तथा जनकपुरको सिन्धुली, दोलखार रामेछाप परेका छन्।

यस्तै चार नम्बरमा गण्डकी, धवलागिरी अञ्चल र नवलपरासीको दाउन्ने खण्ड समावेस गरिएको छ। पाँच नम्बरमा भेरी अञ्चलको बाँके बर्दियाँदेखि दाउन्नेसम्म अनि राप्ती अञ्चल राखिएको छ।

छैठौ प्रदेशको रूपमा महाकाली, कर्णाली सेती र भेरीको पहाडी जिल्ला जाजरकोट, सुर्खेत र दैलेख राखिएको छ।

सय वर्ष पुरानो यो सहर राजनीतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, उद्योग र व्यापारका दृष्टिले सुनसरी, मोरङ र झापामा अब्बल भएकाले पनि राजधानी विराटनगर बनाउनुपर्नेमा सबैको जोड देखिन्छ । 
विराटनगर वि.स. १९७१ सालमा रंगेलीबाट सदरमुकाम सरेपछि गुलजार भएको ठाउँ हो । यो सहरबाट ७ जना प्रधानमन्त्री भइसककेका छन् ।
सात सालको क्रान्तिपछि विराटनगर प्रजातान्त्रिक सामयिक सरकार गठन भएको थियो । रेडियोको स्थापना, नेपालकै पहिलो उद्योग स्थापना, क्रान्तिको उद्गम थलोलगायत धेरै इतिहासले विराटनगरलाई राजधानी बनाउन उत्साहित गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्