इन्दु साह
विराटनगर । विराटनगर नर्सिङ क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । निर्वाचनमा विभिन्न विद्यार्थी संगठनहरूले आ–आफ्ना प्यानलसहित उम्मेदवारी दिएका छन्।
नर्सिङ पढ्ने विद्यार्थी भएका कारण क्याम्पस परिसर अन्य बेलाको जस्तै सहज छ । त्यस्तै निर्वाचन अन्य क्याम्पसमा हुने हुँदा होहल्ला, समर्थन र विरोधले माहौलनै बेग्लै हुने गर्दछ । तर, नर्सिङ पढ्ने विद्यार्थीहरु रहेको क्याम्पसको वातावरण सुनसान र सहज रहने गरेको छ ।
नर्सिङ क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रत्यक्षतर्फ अध्यक्षमा दीक्षा अधिकारी, सचिवमा सनिक्षा खड्का, कोषाध्यक्षमा कृतिका कटुवाल र सदस्यहरूमा स्नेहा श्रेष्ठ, निकिता चौधरी, सुदिप अधिकारी, अर्चना खतिवडा तथा रुचिका ओझाको उम्मेदवारी दिएको छ । समानुपातिक सदस्यतर्फ मनिस चम्लागाई, अर्पणा लिंखा, पुजा थापा मगर,दिक्षा नेपाल, बिनिता घिमिरे र निशा खतिवडा रहेका छन्।
यसैगरी अखिल (क्रान्तिकारी) ले “हाम्रो क्याम्पस, हाम्रो शान, हाम्रो गुणस्तरीय शिक्षा, हाम्रो अभियान“ भन्ने नाराका साथ आफ्नो उम्मेदवारी दर्ता गराएको छ। यस संगठनबाट सभापति पदमा रोहित ताजपुरिया, सचिवमा आयुषा पुन र कोषाध्यक्षमा सलिना श्रेष्ठको उम्मेदवारी परेको छ। प्रत्यक्ष सदस्यमा विधि दाहाल, मुस्कान साह, हिरामनी राजवंशी, कोमल साह र मामुल कवारी रहेका छन्। समानुपातिक सदस्यमा प्रेरणा मेहता, दुर्लभभट्टराई, अमृता बुढाथोकी, सुरुची गुरुङ र आरती साह रहेका छन् ।
नेपाल विद्यार्थी संघले “सत्यको खोजी र नैतिक मूल्यलाई व्यवहारिक बनाउने अभियान“ भन्ने नाराका साथ उम्मेदवारी दिएको छ। यस संगठनबाट अध्यक्ष पदमा सुजिता खत्री,सचिवमा सम्मान ढकाल र कोषाध्यक्षमा अनिता शाही ठकुरीको उम्मेदवारी रहेको छ। प्रत्यक्ष सदस्यहरूमा विशाल राई, दिक्षा शिवाकोटी, अमन तिम्सिना, शुभद्रा थपलिया र अनुष्का शिवाकोटी रहेका छन्। समानुपातिक सदस्यहरूमा सुरक्षा बुढाथोकी, स्नेहा शर्मा, कलावती विष्ट, निकिसा अधिकारी, खिमा सिंथानी, सन्जु शाही ठकुरी र सृष्टी कुमारी रहेका छन् ।
निर्वाचन आयोगका अनुसार चैत्र ५ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । सोही दिन साँझ मतगणना गरी परिणाम सार्वजनिक गरिने कार्यक्रम रहेको छ। नर्सिङ क्याम्पसका करिब २५३ विद्यार्थीहरूले यस निर्वाचनमा मतदान गर्ने अनुमान छ। उमेदवार विद्यार्थीहरुले आ–आफ्ना घोषणापत्रमा गुणस्तरीय शिक्षा, भौतिक पूर्वाधार सुधार, छात्रवृत्ति वृद्धि लगायतका विषयलाई प्राथमिकतामा राखेका छन्। निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने उमेदवारहरुले अपेक्षा गरेका छन् । अहिले निर्वाचनको मौन अवधी सुरु भईसकेको छ ।