हावाहुरीले रुख ढल्दा ताप्लेजुङ कारागारमा क्षती

<span class='c1'>हावाहुरीले रुख ढल्दा</span> <span class='c2'>ताप्लेजुङ कारागारमा क्षती</span>

ताप्लेजुङ, साउन २६

ताप्लेजुङमा सोमबार राति आएको हावाहुरीले जिल्ला कारागारसहित तीन घरमा क्षति पुर्‍याएको छ ।

हावाहुरीले रुख ढलेर जिल्ला कारागार भित्रका तीनवटा टहरा किचिनुका साथै पुर्वपटिको पर्खालसमेत भत्काएको छ।

रुख ढलेर जिल्ला कारागारभित्र कैदी बस्ने घर र किचन किचिएका छन् । ६० कैदी र ४२ थुनुवा भने सुरक्षित छन् ।

त्यस्तै हावाहुरीले ताप्लेजुङ नगरापालिका-५ का हरि गुरुङ र वडा नं. ६ का कमल पोख्ररेलको घर रुखले किचेको छ भने ताप्लेजुङ नगरपालिका-४ का सूर्य गुरुङको घरको टिनको छानो उडाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्