पिकअपको ठक्करबाट एक बालक घाइते

पिकअपको ठक्करबाट एक बालक घाइते

धनकुटा, साउन २७ गते ।

कोशी राजमार्ग अन्तरगत धनकुटाको परेवादिनमा मंगलबार दिउँसो पिकअपले ठक्कर दिएर एक बालक घाइते भएका छन्।

गम्भिर घाइते बालकको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

को१च ८७५७ नं. को हाइलेक्स पिकअपले ठक्कर दिएर परेवादिन गाविस ७ का १४ वर्षिय सागर तामाङ गम्भिर घाइते भएका हुन्। उनलाई तेहथुमबाट धनकुटातर्फ आउदै गरेको पिकअपले दिउँसो २ बजेतिर बाटोमा निस्कनेक्रममा ठक्कर दिएको थियो।

पिकअपका चालक प्रहरी चौकी सिंधुवाको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्