चन्दा नदिए ज्यान मार्ने धम्की

चन्दा नदिए ज्यान मार्ने धम्की

मोरङको जाँते –५ की दिना राईलदाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको छ । अमेरिकामा अध्ययन गरिरहेकी दिना राईे विदाको समयमा नेपाल आउनु भएको हो । डेढ बर्ष अघि अध्ययनका लागि २२ बर्षे राई अमेरिका जानु भएको थियो । विदाको समयमा घर परिवारलाई भेट्न उनि नेपाल आएकी थिईन् । तर घर आउदाँ घर परिवार र साथी भाई संग भेटघाट तथा रमाईलो गर्नु पर्ने बेलामा चन्दा माग गर्दै धम्की आएपछि त्रसित भएर बस्नु परेको राईले बताउनु भयो । शुक्रवार बेलुका घरमा परिवारसंग बसिरहेको बेला ५÷७ जनाको समुहमा आएका नचिनेका मान्छेले पैसा नदिए ज्यान मार्ने धम्की दिएर गएको राईको भनाई छ । तत्काल प्रहरीमा उजुरी गर्नु भएकी राईले दोषीलाई प्रहरीले अझै पक्राउ गर्न नसकेको भन्दै दुखेसो गर्नु भएको छ । तर,प्रहरी चौकीका इन्चार्जले धम्की दिने समुहको खोजी भईरहेको बताउनु भयो । राईका बाबु दुर्गाबहादुर राईलाई पनि द्वन्द्वकालको समयमा यस्तै किसिमको धम्की आउने गरेपछि गाँउकै सरस्वती प्रा.वि.मा प्रधानाध्यापकको जागिर छाडेर विस्थापित हुनुपरेको थियो । विस्तापित भएपछि राईको परिवार हाल काठमान्डौमा ब्यापार गर्दै आएको छ । राईको घर प्रहरी चौकी बाट करिब ७ किलोमिटर रहेको छ । जाँते जिल्ला कै दुर्गम गाविस हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्