बेलबारीमा मोटरसाइकल दुर्घटना चालकको मृत्यु २ घाईते

<span class='c1'>बेलबारीमा मोटरसाइकल दुर्घटना </span> <span class='c2'>चालकको मृत्यु २ घाईते</span>

विराटनगर ३१ साउन ।
मोरङको बेलबारीमा शनिबार सांझ एक पैदल यात्रीलाई मोटरसाइकलले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पैदलयात्रीसहित दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा को. १६ प ३६४२ नं.को मोटरसाकलका चालक बिराटनगर ११ का २४ वर्षिय बिकास गुरुङ रहेका छन्। उनको उपचारका क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडी सवार २२ वर्षिय सुनिल मगर गम्भिर घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै मोटरसाइकलको ठक्करबाट पैदल यात्री वर्ष ३५ को लिला राई गम्भिर घाइते भएका छन्। राइलाई पनि उपचारका लागि न्युरो अस्पताल बिराटनगर ल्याइएको छ। सांझ करिब ८ बजे बेलबारी नगरपालिका ५ मा पैदल यात्री राईसंग मोटरसाइकल ठोक्किंदा दुर्घटना भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्