दुर्घटना न्यूनिकरण गर्न स्लो रेस

दुर्घटना न्यूनिकरण गर्न स्लो रेस

 

उर्लाबारी । दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यको साथ मोरङको उर्लाबारीमा सोमबार स्लो मोटरसाइकल रेस आयोजना गरिएको छ । उर्लाबारी जेसीज सप्ताह कार्यक्रम अन्तरगत स्लो मोटरसाइकल रेस गरिएको हो ।
पुरुषतर्फ स्लो रेसमा मबिन्द्र आले प्रथम, प्रकाश भट्टराई दोस्रो र पवन भट्टराई तेस्रो भए । त्यस्तै महिलातर्फ दिलु लामा प्रथम, सुशिला खत्री दोस्रो र बानु सुब्बा तेस्रो भइन् । ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न भन्ने नाराको साथ आयोजित उक्त स्लो रेशमा तीस जनाभन्दा बढिको सहभागिता रहेको थियो । स्लो रेसजस्ता सचेतनामूलक कार्यक्रमले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने ट्राफिक प्रहरीको भनाई छ । कार्यक्रममा उर्लाबारी पूर्वाधार निर्माण समितिका अध्यक्ष भोलामान श्रेष्ठ, उर्लाबारी नगर विकास समितिका अध्यक्ष केशब कार्की, समाजसेवी जयधर्म आचार्य, तेजकुमार रिजाल, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्