सवारी साधनमा ‘लिम्बुवान राज्य’ लेख्न ब्यावसायीलाई धम्कीपूर्ण पत्र

सवारी साधनमा ‘लिम्बुवान राज्य’ लेख्न ब्यावसायीलाई धम्कीपूर्ण पत्र

 

उर्लाबारी । लिम्बुवान पार्टी नेपालले सबै सवारी साधनमा अनिवार्य लिम्बुवान राज्य लेख्न भन्दै ब्यावसायीलाई धम्कीपूर्ण पत्राचार गरेको छ । पार्टीका सचिव सागर केरुङद्वारा हस्ताक्षरित पत्रमा भदौको पहिलो सातासम्ममा सम्पूर्ण सवारीमा लिम्बुवान राज्य लेख्न धम्कीपूर्ण अनुरोध गरिएको छ । पत्रमा ब्यक्तिगत तथा संस्थागत सम्पूर्ण सवारीमा लिम्बुवान राज्य लेख्न भनिएको छ ।

तोकिएको समयमा लिम्बूवान राज्य नलेखिए त्यसबाट हुने क्षति सम्बन्धित सवारी धनिले ब्यहोर्नु पर्ने लिम्बूवान पार्टी नेपालले धम्की समेत दिएको छ ।

पत्रमा भनिएको छ – 'आन्दोलनको सांस्कृतिक पुनःक्रान्ति र लिम्बुवान पुनःस्थापनार्थ त्यस कार्यालयबा संचालित तथा व्यक्तिगत सार्वजनिक सवारीसाधनहरुमा लिम्बुवान राज्य लेखेर/लेखाएर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।' पत्रमा अगाडि लेखिएको छ – 'विगतका ऐतिहासिक आन्दोलनहरुमा यहाँले/यहाँहरुले गर्नुभएको सहयोगको उच्च मूल्यांकन गर्दै आगामी २०७२ भदौ पहिलो हप्तासम्ममा सम्पूर्ण सवारी साधनहरुमा व्यवस्था गरिसक्न अनुरोध गर्दै यदि उक्त समयसम्ममा कार्यान्वयन नभए त्यसबाट हुने क्षतिप्रति सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने समेत जानकारी गराउँदछौँ ।'

यस सन्दर्भमा पार्टीका सचिव सागर केरुङसँग बुझ्दा दुई चक्के बाहेक चार चक्के गाडीलाई मात्र लेख्न लगाएको बताए । लिम्बूवान पुर्नस्थापना गर्न सांस्कृतिक पुनःक्रान्ति अभियान अन्र्तगत सो अनुरोध गरिएको दावी गरे । हाइड्रो, निर्माण ब्यवसायी तथा यातायात ब्यवसायीलाई लिम्बुवान राज्य लेख्न आग्रह गरिएको उनले बताए । उक्त पार्टीले अरुणपूर्वका ९ जिल्ला लिम्बूवानको माग गर्दै आएको छ ।

Urlabaripage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्