प्रहरीको भ्यानमा पेट्रोल बम प्रहार गरेपछि गोली चलाइएको हो: प्रहरी

<span class='c1'>प्रहरीको भ्यानमा पेट्रोल बम प्रहार</span> <span class='c2'>गरेपछि गोली चलाइएको हो: प्रहरी</span>

 

विराटनगर, भदौ १
प्रहरी चौकीमा आक्रमणपछि गोली चलाइयो

गाडी स्कर्टिङ गर्ने क्रममा सप्तरी भारदहमा बन्दकारी र प्रहरीबीच झडप हुँदा भारदह–१ का २४ वर्षीय राजीव राउतको मृत्यु भएको छ। प्रहरीले राजीव राउतको मृत्यु आधिकारिक रुपमा पुष्टि गरेको छ।

उनको बायाँ छातीमा गोली लागेको थियो। प्रहरीले र प्रदर्शनकारी जारी झडपका कारण स्थिति तनावग्रस्त रहेको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ। संयुक्त मधेसी मोर्चाले गाडी स्कर्टिङमा अवरोध पुर्‍याउँदै भारदह प्रहरीका तीन वटा गाडी तोडफोड र पेट्रोल बम प्रहार गरेपछि प्रहरीले गोली चलाएको प्रहरीले जनाएको छ।

झडपका क्रममा प्रहरीले सात राउण्ड फायर र २५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। यही क्रममा राजीवलाई गोली लागेको प्रहरीले जनाएको छ। गाडी सञ्चालनमा बाधा पुर्‍याउँदै प्रदर्शनकारीले भारदह प्रहरी चौकीमा ढुंगामुढा र प्रहरीको भ्यानमा पेट्रोल बम प्रहार गरी आगजनी गरेपछि गोली चलाइएको पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधव जोशीले बताए।

घटनामा आधा दर्जन प्रहरी र त्यति नै प्रदर्शनकारी घाइते छन्। घाइतेमध्ये गम्भीर रहेका चार जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। प्रहरीले सोमबार राति बलपूर्वक गाडी स्कर्टिङ गरेको थियो।

मंगलबार बिहान पनि सोही प्रकारले गाडी खुलाउने प्रयास गर्दा प्रदर्शनकारी कडा रुपमा प्रस्तुत भएका थिए। ‘हाम्रो प्रहरी कार्यालयमा ढुंगा मुढा र गाडीमा पेट्रोल बम प्रहार गरी आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलेको हो,' डिआईजी जोशीले भने। उनका अनुसार प्रहरी चौकीका प्रायः सिसा आन्दोलनकारीले फुटाएका छन्। झडपमा क्रममा तीन प्रहरी र एक सशस्त्र प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्