बन्दका कारण अलपत्र अवस्थामा रहेका चारसय गाडीलाई प्रहरीको स्कर्टिङ

बन्दका कारण  अलपत्र अवस्थामा रहेका चारसय गाडीलाई प्रहरीको स्कर्टिङ

 

विराटनगर, भदौ

लगातार बन्दका कारण पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा रहेका करिब चार सय गाडीलाई सुरक्षा निकायले सुरक्षा दिई गन्तव्यसम्म पुर्‍याएका छन्।

सोमबार साँझदेखि मंगलबार बिहानसम्ममा सिरहा र सप्तरीस्थित राजमार्गमा अलपत्र १७५ यात्रुबाहक बस, मालबाहक ट्रक र निजी सवारी साधनलाई मोरङ र झापासम्म पुर्‍याइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

त्यस्तै आज बिहान पश्चिमबाट आएका करिब एक दर्जन यात्रुबाहक बस र ट्रकलाई विभिन्न जिल्लामा पु¥याइएको छ । सोही क्रममा पूर्वबाट पश्चिमतर्फ जाने दुई सय गाडीलाई सुरक्षा दिई सिरहाको बन्दीपुरसम्म पुर्‍याइएको हो ।

सुरक्षा दिई लगिँदै गरेको अवस्थामा बन्दकर्ताले सोमबार सिरहाको मिर्चैया– ९ स्थित घुर्मी पुलमा काठमाडौँबाट राजविराजतर्फ हिँडेको ना५अ ४४२९ नंको यात्रुबाहक बसमा पेट्रोल छर्केर आगजनी गरेका थिए।

सो क्रममा प्रहरीले उक्त स्थानबाट सङ्घीय समाजवादी फोरम नेपालकाका पक्राउ परेका पाँचजनालाई सम्झाई बुझाई बेलुकी ९ बजे छाडेको सो कार्यालयले जनाएको छ।

त्यस्तै सप्तरीको भारदह–१ मा अवरुद्ध सडक हटाउने क्रममा साँझ ७ः३० बजे रोकिराखिएको ना४ख ७५०१ नंको ट्रकमा आगजनीको प्रयास गर्दा बन्दकर्तालाई तितरबितर गर्न प्रहरीले छ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।

यसैबीच बन्दका क्रममा हिंसात्मक घटना हुन थालेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको सो कार्यालयले जनाएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्